२०८२ फाल्गुन ६ | Feb 18, 2026

केराको मूल्य बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २८
|
1.7k views

ललितपुर । स्थानीय बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार केही दिनदेखि केराको मूल्य बढेको देखाएको हो ।

अघिल्ला वर्षहरुमा यो समयमा चिसो मौसमका कारण केराको मूल्य केही घट्न गरेको भए पनि यस वर्ष भने केराको थोक मूल्य नै बढेको छ । आइतबार केराको थोक मूल्य नै प्रतिदर्जन २०० रुपैयाँ पुगेको छ । हुन केही दिनदेखि बजारमा केराको मूल्य उच्च देखिन्छ ।

होलसेलमै केरा प्रतिदर्जन २०० पुगेपछि खुद्रा पसलेहरुले दर्जनको ३०० रुपैयाँसम्म लिने गरेको उपभोक्ताहरु बताउँछन् । व्यवसायीहरु भने जाडो याममा केरा पाक्न समय लाग्ने भएकाले बजारमा केरा कम आउँदा मूल्य बढेको बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया