
ललितपुर । मानसिक तनाव र भावनात्मक विचलनमा परेका किशोर किशोरीहरुको समूह नै जेन जी पुस्ता हो ।
जुमर्सबाट जेड लिएर जेन जी प्रचलनमा ल्याइएको पाइएको छ ।
अमेरिकी मनोवैज्ञानिकहरुका अनुसार सन् १९०० देखि १९२५ सम्मको जेनेरेसनलाई ग्रेटेस्ट जेनेरेशन भनिएको छ ।
यो पुस्ता पहिलो विश्वयुद्धदेखि विभिन्न आर्थिक संकट र गरिबी जुगारेको पुस्ता हो । यो पुस्ताले रोग, भोक र शोक गुजारेको थियो ।
सन् १९६५ देखि १९७९ बीचको पुस्तालाई जेन एक्स भनिएको छ ।\
सन् १९८० देखि १९९४ बीचको पुस्तालाई जेन वाइ भनिन्छ ।
त्यस्तै सन् १९९५ देखि सन् २०१२ का बीच जन्मेका पुस्तालाई भने जेन जी पुस्ता भनिएको हो । भने २०१२ पछिको पुस्तालाई जेन अल्फा नाम दिइएको छ ।
नेपालको सन्दर्भमा भने २०५१ सालदेखि २०६८ को बीचमा जन्मिएका पुस्ता जेन जी पुस्ता हो ।
यो समय विश्वभरमा इन्टरनेट र स्मार्ट फोनको विकास र प्रयोग अत्यधिक भइरहेको थियो ।
अर्थात् यो पुस्ताले सानैदेखि इन्टरनेट, स्मार्ट फोन र सामाजिक सञ्जाल गर्दै हुर्किन पायो ।
जेन जीहरु पुस्तक, पत्रपत्रिका पढ्ने भन्दा पनि मोबाइलकै भर पर्न थाले ।
यदि यो पुस्तालाई मोबाइल र इन्टरनेटको पहुँचबाट टाढा राखिदिने हो भने उनीहरुमा मानसिक बिचलन नआउला भन्न सकिँदैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया