
ललितपुर। राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने नेकपा एमालेका सांसद पदम गिरीले जोड दिएका छन् ।
एमाले सांसद पदम गिरीले कुलिङ पिरियडमा चलखेल गर्नेलाई जिम्मेवारीको पदमा बस्ने अधिकार नभएको बताएका छन् । समितिको बैठक मार्फत् उनले सभापति खतिवडालाई जिम्मेवारीबाट हट्न सुझाएका छन् ।
उनले जिम्मेवारीलाई लत्याएर यस किसिमको नेपालको इतिहासमै लज्जास्पद स्थितिको सिर्जना गर्नेले अब राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्नेमा जोड दिएका छन् ।
उनले भने, “यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ । हेर्ने अन्तिम दायित्व उहाँहरूको हो,” सांसद गिरीले भने, “जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन ।”
सभापति र सचिव दुवै जनाले ले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै सांसद गिरीले उहाँहरुलाई यो समितिमा बस्ने अधिकार नभएको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया