२०८२ भाद्र १८
561 views

ललितपुर । चर्चित लोक गायिका इन्दिरा गोले गुरूङको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार गएराति १२ बजे हात्तीवनस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
५९ वर्षीया गोले विगत २ वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् । उनले लोकदोहारी, आधुनिक, तामाङ सेलो, देउडा, काठेलगायत विभिन्न भाषा र भाकाका गीतमा स्वर दिएकी थिइन् ।
उनको स्वरमा रहेका घुम्तिनिर लेट भयो, नारायणथानमा गेट, चाँगु नारायणथान, जाइफूलको बासना, घर त छाउनीमा, असारको महिना लगायतका थुप्रै गीत चर्चित छन्।
उनको आजै स्वयम्भुमा बौद्ध संस्कार अनुसार दाहसंस्कार गर्ने तयारी भइरहेको छ । त्यसअघि श्रद्धान्जलीका लागि उनको पार्थीव शरीर संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया