चाकुका लागि प्रसिद्ध टोखाको वृत्तचित्र बन्ने, सम्झौता सम्पन्न

काठमाण्डौ ३१ साउन २०८१

टोखा परम्परागत चाकु समाजले माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यता र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको विशिष्ट आतिथ्यतामा वृत्तचित्र निमार्ण सम्बन्धी सम्झौता कार्यक्रम सम्पन्न गरेको छ । टोखाको एक पार्टी प्यालेसमा उक्त सम्झौता गरिएको हो । सो सम्झौता कार्यक्रममा टाेखा नगरपालिका उपप्रमुख मुरारी तामाङ, टाेखा नगरपालिका वडा नं १ अध्यक्ष रमेशकुमार लामिछाने, वडा ३ अध्यक्ष रमेश डंगोल, वडा ४ अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,वडा ६काे वडा अध्यक्ष शान्ता खनाल , छत्रकाेट गाउँ पालिकका पुर्वअध्यक्ष ,टाेखा नेवा गुठिका अध्यक्ष रमेश नापित, टाेखा संस्कृति संररक्षित क्षेत्र बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, टाेखा मुल नायके हेमराज श्रेष्ठ, टाेखाकाे पहिलाे वृत्तचित्र निर्देशक सानुकाजी थापाकाे उपस्थिति थियाे । उक्त कार्यक्रमकाे स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बुद्ध श्रेष्ठले गर्नुभएको थियाे ।

कार्यक्रम माथि प्रष्ट पार्नुहुदै संस्थाका अध्यक्ष कृष्णा बहादुर श्रेष्ठले चाकुलाई विश्व वजारमा पुर्याउनकाे लागि सबै लाग्नु परेकाे छ र वृत्तचित्र निर्माण पछि अझ टाेखाकाे चाकुले पुर्णता पाउने हाम्रो समाजका पदाधिकारीहरू एक ढिक्का भएर अगाडि बडिरहेकाे कुरत बताउनु भयाे । कार्यक्रम माननीय मन्त्री प्रदिप पाैडेललाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा रमेश नापित,गणेशमान श्रेष्ठ, सानुकाजि थापा, टाेखा ३का वडा अध्यक्ष रमेश डंगोल, टाेखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसी, उपप्रमुख मुरारी तामाङ ,प्रमुख प्रकास अधिकारीले मन्तव्य राख्नुभएको थिये भने कार्यक्रमकाे संचालन संस्थाका महासचिव रामराज श्रेष्ठले गर्नुभयो थियाे ।साे अवसरमा टाखाे परम्परागत चाकु समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ र बालकुमारी मुभिज हासउसका निर्देशक सानुकाजी थापा बिच हस्ताक्षर तथा सम्झौता सम्पन्न पछि वृत्तचित्र निर्देशकले मन्तव्य राख्नु हुँदै भन्नूहुन्छ। काठमाडौ जिल्ला, तारकेश्वर नगरपालिका वडा-१, तत्कालीन साङ्ला गा.वि.स. निवासी श्री सानुकाजी थापाले २०५९ सालबाट अन्तर्राष्ट्रिय वृत्तचित्र निर्देशकहरु ध्रुब बस्नेत तथा श्री मोहन मैनालीकाे प्रेरणाले भिडियो पत्रकारीता सुरू गुर्न्नु भयो ।

जिवनकाे दुई दशक भिडियो पत्रकारीता बिताएका थापाले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार विजेता डकुमेन्ट्रीहरु मा काम गरिसकेका छन् ।उनले काम गरेका वृत्तचित्रहरू ध्रुब बस्नेत तथा मोहन मैनालीले निर्माण तथा निर्देशन गरेका राताे मछिन्द्रनाथ, Love for a Longer Life, , रक्ताम्य गहराहरु (The Killing Terrace) Six Stories, Schools in the Crossfire, बरू मर्न पाएको भएजाती, जाेगिमाराका ज्यूउदाहरू लाएतका अन्तर्राष्ट्रिय स्तरकाे वृत्तचित्रमा काम गरिसकेका थापाले २०६० मा सालमा आफ्नै निर्देशनमा बनेकाे बिष्केट जात्रा अफ टाेखा नेपाल पर्यटनवाेेर्डले आयोजना गरेकाे एसियन वृत्तचित्र प्रतियाेगिता प्रथम पुरस्कार हाँसिल गरेकाे, साेही वृत्तचित्रले गाेपिकृष्ण फिल्म फेस्टिबलमा दर्शक अवार्ड प्राप्त गरेको थियाे। २०६१ सालमा झाेर, झरना र पर्यटन नामक वृत्तचित्र निर्माण गरि साविक झाेर मंहाकाल गाविस हाल टाेखा नपा-१ लाई चिनउने काम गर्नुभयाे छ ।सानुकाजी थापाले बनाएकाे, बालुवमा अड्केकाे शासले २०६४ सालमा भारतमा सम्पन्न जिविकाेपार्जन सम्बन्धि वृत्तचित्र महाेत्सवमा तेस्रो स्थान हाँसिल गर्न सफल भएको थियाे ।

यसैगरि नुवाकोटकाे वलामि जातिमा हुने बाल विवाहलाई समेटेर द चाईल्ड म्यारिज अफ कागति गाउँ २०७९, झाेरमा रहेकाे जलेश्वर झरना वृत्तचित्र निर्माण गरि पिम नेपाल फिल्म फेस्टिबलमा उत्कृष्ट वृत्तचित्रकाे अवार्ड जित्न सफल भएका थिए । कामकाे सिलसिलामा नेपालका ७७ वटै जिल्ला घुमिसकेका सानुकाजी थापाले बिगत २० बर्ष देखि टाेखाका विभिन्न जात्रा पर्वहरू र विशेष गरी टाेखाकाे चाकुलाई पहिलाे पटक संचार माध्यम मार्फत प्रचार प्रसार गरि यस समुदायकाे हक हित अधिकारकाे बारेमा सधैं अगाडि बढाईरहेकाे र करिव दश बर्ष देखि टाेखाकाे चाकुलाई भिडियो मा कैद गरिहेकाे र यस वृत्तचित्र निर्माण गरी देश बिदेशमा प्रचार प्रशार गर्नका लागि नेपाली, अंग्रेजी र नेपाल भाषामा निर्माण गर्नकाे लागि “टाेखा चाकु ” नामक वृत्तचित्रकाे निर्माण गर्न लागिएकाे जानकारी दिनुभयाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया