ललितपुर । तापक्रम क्रमशः घट्दै जाँदा सर्वसाधारणको स्वास्थ्यमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । चिकित्सकहरूका अनुसार जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर बन्ने हुँदा विभिन्न मौसमी रोग र दीर्घरोगहरू बिग्रिने जोखिम उच्च हुन्छ । चिकित्सकका अनुसार शरीरको प्रतिरक्षा प्रणाली कम हुँदा जाडो मौसममा यस्ता विविध स्वास्थ्य समस्याहरूप्रति सचेत हुन जरुरी हुन्छ । चिकित्सकका अनुसार चिसो मौसममा बढी देखिने रोगहरू यस्ता छन्ः
रुघाखोकी, फ्लू र निमोनिया
जाडोमा भाइरल संक्रमण छिटो फैलिने हुँदा सामान्य रुघाखोकी गम्भीर बन्न सक्छ । बालबालिका, वृद्ध र दीर्घरोगी बढी जोखिममा पर्छन् ।
दम र फोक्सोसम्बन्धी समस्या
चिसो हावाले श्वासनली साँघुरो बनाउँदा दम, एलर्जी र पुराना फोक्सो रोग थप जटिल हुन्छन् ।
मुटुरोग र उच्च रक्तचाप
चिसो मौसममा रक्तनली खुम्चिँदा रक्तचाप बढ्ने र मुटुघात तथा स्ट्रोकको जोखिम बढ्ने चिकित्सकहरूको भनाइ छ ।
जोर्नी दुखाइ र बाथरोग
तापक्रम घटेसँगै जोर्नी खुम्चिने हुँदा बाथरोग, बिभिन्न जोर्निको दुखाइ सङसङै पुराना चोटपटक भयको ठाउमा बढी सताउँछन् ।
छालासम्बन्धी समस्या
छाला सुक्खा हुने, चिलाउने र चिरा पर्ने समस्या जाडोमा सामान्य रूपमा देखिन्छ ।
मानसिक स्वास्थ्यमा असर
घाम कम लाग्ने र घरभित्र सीमित रहँदा तनाव, निराशा र निद्रासम्बन्धी समस्या बढ्न सक्छ ।
यस्तो अबस्थाम चिकित्सकको सुझाव
- न्यानो लुगा र मास्क प्रयोग गर्ने
- तातोपानी र झोलिलो खाना सेवन गर्ने
- नियमित व्यायाम गर्ने
- दीर्घरोगीले औषधि नछुटाउने
- समस्या बढेमा तुरुन्त चिकित्सकसँग परामर्श गर्ने
चिसो मौसममा सामान्य लापरवाहीले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । समयमै सतर्कता अपनाए जाडो मौसम स्वस्थ र सुरक्षित रूपमा बिताउन सकिन्छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया