२०८२ फाल्गुन ६ | Feb 18, 2026

चौथो चरणमा मन्त्रीमण्डल विस्तार हुँदै, आज चार नयाँ मन्त्री थपिने

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २६
|
5k views

ललितपुर । आज चौथो चरणमा मन्त्रीमण्डल विस्तार हुँदैछ । जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले आज फेरि मन्त्रीमण्डल विस्तार गर्न लागेको हो ।

थपिन लागेका नयाँ मन्त्रीमा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी श्रम तथा रोजगार, माधव चौलागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन् ।

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले यी चारैजनालाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेकी छन् ।

थप नयाँ चार मन्त्रीहरूको शपथ शुक्रबार दिउँसो ३ बजेका निम्ति तय गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया