२०८२ जेष्ठ १५

ललितपुर । जनप्रशासन क्याम्पस बल्खुको प्रमुखमा उपप्राध्यापक सुवास शर्मा नियुक्त भएका छन् ।
क्याम्पस प्रमुख नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले सह–प्राध्यापक हरिभक्त शाही, शर्मा र उप–प्राध्यापक टेकराज पौडेलको नाम सिफारिस गरेको थियो ।
निमित्त उपकुलपति खड्ग केसीको अध्यक्षतामा बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले दाङका शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त शर्मा विकास प्रशासन र स्थानीय शासन प्रणाली विषयका उपप्राध्यापक हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया