ललितपुर । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रवि लामेछाने जुनसुकै बुला अदालत आए पनि काम हुने जानकारी दिएको छ ।
आज शुक्रबार कार्यालय समय २ बजेसम्म मात्र भएकाले रवि लामेछाने आइतबार मात्र छुट्ने हुन् कि ? भन्ने सबैको चासोको विषय बनेको छ । तर, जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापित रवि लामिछानेको काम आजै हुने जानकारी दिएको छ ।
विहीबार जिल्ला अदालत रुपन्देहीले अदालतसमक्ष उपस्थित गराउन प्रहरीलाई आग्रह गरेपछि भैरहवाका लागि हिंडेका रवि लामिछाने मौसमका कारण उडान हुन नसकपछि यतिबेलासम्म पुग्न सकेका छैनन् ।
उनलाई शुक्रबार काठमाडौंदेखि चितवन हुँदै भैरहवा लगिँदैछ । अदालतले प्रहरीलाई रवि लामिछानेलाई उपस्थिति गराउन भनेपछि प्रहरीले समन्वय गरेर आज उपस्थिति गराउने भन्ने थियो । तर, रवि आज बिहान पौने आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जाने तयारीमा भए पनि गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी कम भएर उडान नभएपछि भरतपुरसम्म विमान र त्यहाँबाट गाडीमा रुपन्देही जाँदैछन् । उनलाई नेपाल प्रहरीको रोहबरमा रुपन्देही भैरहवा लगिँदैछ । लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल तथा रास्वपाका केही नेता पनि साथमा छन् ।
प्रशासनले भने कार्यालय समय भनेर नरोक्ने उनी जतिबेला आइपुगिे पनि काम आजै हुने जानकारी गराएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी आज काठमाडौंबाट रुपन्देहीका लागि हिंडेका हुन् ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया