२०८२ भाद्र २३
2k views

ललितपुर । जेनजीहरूले थालेको आन्दोलनका क्रममा काठमाडौंमा १७ जना काठमाडौं बाहिर सुनसरीको इटहरीमा २ जना गरी हाल सम्म १९ जनाको मृत्यु भएको छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले संघिय राजधानी संगै मुख्य मुख्य शहरमा प्रदर्शन गरेको थियो । आन्दोलनमा उत्रिएको जेनजी युवाहरुको समूहले झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा प्रहार गरेका छन् ।
उनीहरुले कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय जेन–जीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आन्दोलनरत जेनजीले बुटवलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका थिए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कफ्र्यू जारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया