२०८२ भाद्र २३
2k views

ललितपुर । आज (सोमबार) भएको जेन जीहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । काठमाडौंको मिनभवनस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा उपचारका क्रममा अन्य चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।
मृतकहरु सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
दिउँसो साढे १२:३० बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। तर आन्दोलन भने रोकिएको छैन ।
घाइतेहरूको संख्या ८० भन्दा बढि भएको भनिए पनि अझैसम्म यकिन भइसकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया