२०८२ आश्विन १६ | Oct 02, 2025

जेन जी आन्दोलनका कारण प्रभावित भएको बैंकिङ सेवा आइतबारदेखि सुचारु

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २९
|
663 views

ललितपुर । जेन जी आन्दोलनका कारण प्रभावित भएको बैंकिङ सेवा आइतबारदेखि सुचारु भएको छ ।

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले आइतबारदेखि सबै कार्यालय सञ्चालनमा ल्याएका छन् । आन्दोलनबाट क्षति पुगेका बैंकहरुका शाखा कार्यालय र एटिएमहरू पनि चाँडै नै सञ्चालन गर्ने तयारी थालिएको छ ।


नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकर, निजी क्षेत्रका व्यवसायी र उद्योगीहरूसँग छलफल गरेका छन् । गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् ।

यसैबीच अवस्था सहज नभएको भन्दै महालेखा नियन्त्रक कार्यालयले केही दिनका निम्ति भुक्तानी रोकेको छ । ‘जेनजी’को आन्दोलनका क्रममा तोडफोडले गर्दा जथाभावी भुक्तानी जाने भन्दै महालेखाले यसलाई रोकेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया