२०८२ श्रावण १४

गलेश्वर (म्याग्दी) । बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो ।
वार्षिक ६० हजारभन्दा बढी बिरामीले सेवा लिने उक्त अस्पतालमा जम्मा पचास शय्या क्षमता रहेको छ । यो अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालद्वारा निर्धारित उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् । सत्तरीदेखि ७९ वर्षसम्मकालाई ७५ प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिले जानकारी गराएको छ ।
असी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई भने अधिकांश सेवा निःशुल्क गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया