|
|
२०८२ पुष २५
1.4k views
ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले दिएको निवेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ।
जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न अस्वीकार गरेपछि उच्च अदालत पुगेका रायमाझीले दिएको निवेदन उच्च अदालत पाटनका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासमा आज सुनुवाइ भइरहेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध जस्ता केशमा थुनामा रहेका पूर्वमन्त्री रायमाझीलाई जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया