|
|
२०८२ आश्विन २३
1.3k views
ललितपुर काठमाडौँको माइतीघरमा आज भएको प्रदर्शनमा सहभागी रहेका डा निकोलश भुसालले गाँजा सेवन गरेको पाइएपछि सुधार केन्द्र पठाउने शर्तमा उहाँको परिवारको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भुसालको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध गाँजा खाएको पाइएपछि सुधार केन्द्र लैजाने शर्तमा परिवारको जिम्मा लगाइएको जानकारी दिनुभयो । उक्त प्रदर्शनका क्रममा आज ४४ जना पक्राउ परेका र उनीहरुलाई छाड्न आवश्यक प्रक्रिया जारी रहेको उहाँले बताउनुभयो । डा भुसालसहितका व्यक्तिहरु आज प्रदर्शनमा सहभागी भएका थिए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया