ललितपुर । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले तत्काल करका दरमा हेरफेर नहुने बताएका छन् । उनले अहिले करका दर हेरफेर गर्न खोजे निजी क्षेत्रबाटै विरोधको आवाज उठ्ने बताए ।
परिसंघले आज (बुधवार) काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधारः सार्वजानिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताएका छन् । उनले सरकार निर्वाचन गराउने र सुरक्षित तवरले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको बताए । अन्तरिम सरकारलाई निर्वाचन गराउने म्याण्डेट रहेकाले करका दरहरु हेरफेरमा आफू नलागेको स्पष्ट पारे । सकेसम्म संयमित रहँदै, आलोचनाबाट बच्दै र कानूनसम्मत तरिकाले आफूहरु अघि बढिरहेको जिकिर गरे ।
उनले भने, ‘सकेसम्म संयमित रहेर काम गर्नुपर्ने, आलोचनाबाट बच्नु पनि पर्ने, कानूनसम्मत पनि हुनुपर्ने समयमा अहिले करका दर चलाउँदा यहाँहरुले पनि हेरिरहनुभएको छ, कुनै एउटा खास पक्षलाई पक्षपोषण गर्न थालियो भनेर फेरि अर्को व्यवसायिक तप्काबाट आवाज उठ्छ । सरकारको ध्यान निर्वाचन गराउनेमा छ । सरकारको ध्यान सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा छ । त्यसैमा अवरोध आउने खालले विरोध हुन थाल्यो भने राम्रो हुँदैन भनेर करका दरमा ध्यान दिएको छैन । यो निर्वाचित सरकारले गरोस् भनेर ध्यान पुर्याउन पनि चाहेको छैन ।’
मन्त्री खनालले तत्काल करका दरमा हेरफेर नगरिने समेत स्पष्ट पारे ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया