२०८२ फाल्गुन ६ | Feb 18, 2026

तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १०
|
867 views

ललितपुर । विगत दुई वर्षदेखि वित्तीय प्रणालीमा चुलिँदै गएको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंककाअनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिच्ने भएको हो । उक्त निक्षेप पुस २३ गतेसम्म रहने राष्ट्र बैंकले जनाएको छ ।

अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगिसकेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

पछिल्लो पटक राष्ट्र बैंकले तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् बित्तीय प्रणालीमार्फत तरलता खिचिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया