२०८२ भाद्र ६ | Aug 22, 2025

तराई/मधेश द्रूतमार्ग छिट्टै सम्पन्न हुन्छ: प्रधानमन्त्री

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १२

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई/मधेश द्रूतमार्ग (एक्सप्रेसवे) छिटै सम्पन्न हुने बताएका छन् । प्रधानमन्त्री ओलीले ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने तराई/मधेश द्रूतमार्ग सञ्चालनमा आए काठमाडौंलाई १ घण्टाको समयमै तराईसँग जोड् सकिने बताएका हुन् ।

“द्रूतमार्ग हाम्रो रणनैतिक महत्वको सडक आयोजना हो । यसले काठमाडौलाई १ घण्टाको समयमै तराईसँग जोड्छ । नेपाली सेनाले द्रूतमार्ग निर्माण गरिरहेको छ” प्रधानमन्त्री ओलीले भने ।

उक्त द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा समस्या उत्पन्न भएपछि निर्माण कार्य रोकिएको थियो । सो स्थानमा उत्पन्न समस्याबारे आइतबार राति छलफल भएको र अब छिट्टै काठमाडौंदेखि तराईसम्मको दुरी छोटिने भएको छ । उनले भने, “अब खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ । वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नु पर्ने छ ।”

यथासक्य चाँडो खोकना–डुकुछाप खण्डको सडक निर्माण सम्पन्न गर्न मन्त्रालय र नेपाली सेनालाई निर्देशन दिइसकेका छन् ।
द्रूतमार्ग २०७४ साल जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरे पश्चात् निर्माण प्रक्रिया थापिएको उक्त सडकको दुरी ७०.९७७ किमि रहेको छ । भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निमार्णाका लागि दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्ने गरी नेपाली सेनालाइ यसको जिम्मा पाएको थियो ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने गरी उक्त सडक निर्माण निर्माण गरिँदै गरेको उक्त सडक एक खर्ब १२ अर्बको लगानीमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ । उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी जम्मा एक घन्टामा पूरा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया