तान्त्रिकका अध्ययता स्व.बलदेव जुजु एक छोटो चिनारी
स्वयम्भू शाक्य
संस्कृतिविद् स्व.बलदेव जुजु (वलदेव राजोपाध्याय) नेपाल भाषा तथा नेपाली भाषा क्षेत्रका जज्वलय्मान नक्षत्र हुन् । परिवारमा नेवारी भाषावाटै कुराकानी गर्ने र संस्कृत समेत पढ्ने भएकोले उहाँलाई नेपाल भाषाप्रति अगाध माया र भाषामा समेत दखल थियो । नव्यन्याया चार्च र अग्रेजी शिक्षामा एस.एल.सी.गर्नु भएका स्व.वलदेव जुजुको सजन्म वि.स. १९९२ जेष्ठ शुकल पञ्चमीका दिन काठमाडौको मध्यटोल इन्द्रचोकको व्रम्हपुर चोकमा भएको थियो । पिता शाम्भवानन्द राजोपाध्याय (तोताराम बाज्या ) र माता अमरवाणी राजोपाध्याय (ठुल्ल दुलही बज्ये) का तीन छोराहरुमध्ये माहिला सन्तानको रुपमा जन्म भएका प्राज्ञ स्व.बलदेव जुजुले शन्ति शिक्षा मन्दिर (ठहिटी), भक्त विद्याश्रम (रक्तकाली), नेपाल युवक विद्यालय (पकनाजोल), प्रभात माध्यामिक विद्यालय (नघःल), कन्या माध्यामिक विद्यालय (यट्खा, संचालक समितिका अध्यक्ष समेत भएको), काठमाडौ क्याम्पस (ताहाचल, संख्यापक), अन्नपूर्ण कलेजमा समेत अध्यापन गर्नु भएको थियो ।
पिता शाम्भवानन्द राजोपाध्यायको वि.सं २००६ सालमा मृत्यु पश्चात जजमानी गदैं आफ्नो सम्पूर्ण जीवननै शिक्षा क्षेत्रमा विताउनु भएका नेपाली भाषा र साहित्य विषयका सह–प्राध्यापक बलदेव जुजुले एकत्तीस वर्ष त्रिभुवन विश्व विद्यालयमा सेवा गर्नु भएको थियो । महेन्द्ररत्न पब्लिक कलेज (प्राइभेट कलेज) मा नेपाली विषय पढाइरहेकै वेला सरकारले राष्ट्रिय स्तरमैं सवै सरकारी र प्राइभेट कलेजहरुलाई नयाँ शिक्षा योजना अनुसार सरकारीकरण गर्र्दा बलदेव जुजु उप–प्राध्यापक पदमा लैनचौर स्थित सरस्वती वहुमुखी क्याम्पसमा नेपाली भाषा र साहित्य विषय पढाउने गरी नियुक्ती भएको थियो । पछि सरस्वती बहुमुखी क्याम्पसमा केही महिना क्याम्पस प्रमुख भई कार्य गरे पश्चात घरगृस्थीको कारणले क्याम्पस प्रमुख पदवाट स्वेच्छिक राजिनामा दिएर अध्यापन कार्य गरेको करिव ३ वर्ष पछि पुनः राजिनामा दिई आफ्नो स्वतन्त्र जीवन विताउनु भएको थियो ।
त्रिभुवन विश्व विद्यालयकै पाढ्यक्रम विकास केन्द्र अन्तर्गत अनिवार्य नेपाली भाषा विषय समितिका सदस्य तथा त्रिभुवन विश्व विद्यालयका सिनेटर समेत रहनु भएका शिक्षाविद् स्व. वलदेव जुजु नव्यन्याय जस्तो गहन विषयमा आचार्य गर्ने राजोपाध्याय समाजमा प्रथम व्यक्तित्व हुनु हुन्छ । समाजलाई विकास गर्नु छ भने महिलाहरुको पनि चेतनाको विकास गर्नु पर्छ भन्ने मुख्य आशयले प्रौद्ध महिला शिक्षा संचालन गर्ने सचेतकलाई विचार प्रधान विषय न्यायदर्शन शास्त्र लिएर पढ्ने कुरामा प्रेरणा दिने नेपाली भाषाका साहित्यका पण्डितराज प्रधानाध्यापक सोमनाथ सिग्देल थिए । सानैदेखि आकाश भैरवलाई भक्तिभाव गर्ने तथा न्याय र समानताका पक्षघर भाषाविद् तथा दार्शनिक विचारक स्व.बलदेव जुजु प्रगतिशील विचारधाराका स्तम्भ थिए । गलत कुरालाई संधै निर्भिकतापूर्वक विरोध गर्ने उनको स्वभाव थियो ।
राजोपाध्याय व्राम्हण परिवारमा जन्म भई संस्कृतमा शास्त्री गर्ने पहिलो व्यक्तित्व हुनु भएका जुजुलाई वाल्यकालमा उहाँका काकाले संस्कृत पढाएनु भएको थियो । पछि कक्षा तीनमा रानी पोखरी स्थित संस्कृत प्रधान पाठशालामा गई भर्ना हुनु भएको थियो । नेपालभाषा, साहित्य र संस्कृतिलाई औधी मन पराउने शिक्षाविद् स्व.बलदेव जुजुका अधिकांश कलजयी पुस्तकहरु नेपाल भाषावाटै प्रकाशित भएका छन् । नेपाःया तान्त्रिक द्योः व तान्त्रिक पुजा (ने.सं.११०५,वलदेव जुजु र सुरेन्द्रमान श्रेष्ठको संयुक्त लेखन), कान्तिपुर (ने.सं.११०८,वलदेव जुजु र सुरेन्द्रमान श्रेष्ठको संयुक्त लेखन), नेपाः संस्कृति व नेवाः दर्शन (नेंंं.स.१११५), मृत्यु संस्कार नेवाः संस्कृति कथं (ने.स.११२५), नेवाः संस्कार व उकिया विधि (ने.स.१११९), वंधः त्वाया आजुद्यः व येँ देय् (ने.स.११३०), नेवा नखः चखःया द्यः पुजा विधि (ने.स. ११२२) रुद्राध्यायको भावानुवाद (वि.स.२०६३), गायत्रीदर्शनम् (वि.स.२०६७ संस्कृत भाषा पछि नेपाली भाषावाट पनि रुपान्तरीकृत) र आफ्नै कलम आफ्नै कुरा (वि.स.२०७१) जस्ता विभिन्न भाषावाट प्रकाशित विध्दतापूर्ण पुस्तकहरु तथा विभिन्न पत्र–पत्रिकाहरुमा सारगर्भित दार्शनिक लेख रचनाहरु प्रकाशित भएका छन् ।
वि.सं. २०४३ सालमा शास्त्रीय संगीत प्रतियोगितामा प्रथम हुनु भएका शास्त्रीय गायक जुजुले रेडियो नेपालवाट रागगीत समेत गाउनु भएको थियो । गौरी अन्नत सिरपा (ने.स.१११६) र ठाकुरलाल सिरपा (ने.स.११२०) वाट सम्मानित साहित्यकार बलदेव जुजु वौध्दिक प्रतिष्ठानका संख्यापक अध्यक्ष लगायत विभिन्न संध संख्याहरुमा आवध्द हुनुका साथैं उमेरको आधारमा भीमरथारोहण समेत गरिएको थियो ।
पाँच वर्षदेखि अल्जाइमर रोगवाट पीडित हुनु भएका संस्कृतिविद् स्व.वलदेव जुजुको पहिलो अल्जाइमरको लक्षणका रुपमा भक्तपुर बसपार्र्कसंगै काकाको छोरीको विवाहको कार्यक्रममा सहभागी हुँदा श्रीमतीलाई त्यही छोडी आफू मात्र अन्दाजी तीन वजेतिर घर फर्किनु भएका जुजु रत्नपार्कको बस भनी गोङ्गवुको बस चढेकोले चावहिलमा झरी राती अन्दाजी ९ः३० वजे मात्र घर पुग्नु भएको थियो । यसरी अल्जाइमर रोगवाट पीडित हुनु भएका जुजु ८४ वर्षको उमेरमा वि.स. २०७५ श्रावण १० गते वुधवारका दिन वीर अस्पतालमा आफ्नो जीवनलीला त्याग्नु भएको थियो ।
स्व.बलदेव जुजु नेवार संस्कृति र दर्शनका अध्ययता हुन् । उनले नेवार संस्कृतिभित्र जन्मेदेखि मृत्यु पयान्तसम्मका आफूले देखे भोगेका दर्शनहरु समेत जन–मानसमा उजागर गरिएका छन् । वौध्दिक उर्जाका धनी तथा अग्लो व्यक्तित्व भएका स्व.बलदेव जुजु शिक्षण क्षेत्रवाट आवकास प्राप्त भए पछि जर्जमानको कार्य गरिन्थ्यो । मृदुभाषी तथा समाज सुधारका संवाहक एवं युगका हस्ती स्व.जुजुको जीवन सादा र लोभलालच रहित थियो ।
यो कुरो सत्य हो, संस्कृतिभित्र दर्शन लुकेको हुन्छ । यस्तो प्राचीन संस्कृतिलाई हामीले औधी माया गर्नु पर्छ भन्ने उहाँको चाहना थियो । तसर्थ नेपाल मण्डलभित्र मनाइने चाडपर्वहरुमा तान्त्रिक विधिपूर्वक पुजाआजा गरी मानवले पनि देवत्व प्राप्त गर्न सकिन्छ भन्ने गुह्य कुराहरु स्व. बलदेव जुजुले प्रकाश पार्नु भएको छ भने अर्कोतिर तत्कालिन देवदवीहरुको तान्त्रिक नाचहरु मानवले मात्र होइन देवदेवता तथा भूतप्रेतले समेत मानवको रुप धारण गरी हेर्न आउने यथार्थतालाई प्रष्टाएको देखिन्छ ।
नेपालमा तान्त्रिक देवतालाई तान्त्रिक पुजा गर्ने चलन छ । तसर्थ नेवा संस्कृतिभित्रका थुप्रै दर्शनहरुलाई केलाउँदै कान्तिपुरभित्र आजुद्यः(आकाश भैरव) र येँ देय्को बस्तीका सन्दर्भमा उहाँका कालजयी कृर्तिहरुलाई मध्यनजर राखी यस आलेखमा केहि महत्वपूर्ण सारलाई मात्र परिचर्चा गर्ने सानो जमर्को गरिएको छ ।
संस्कृति आफैमा गहन विषय हो । यस्तो गहन विषयलाई अध्ययन र अनुसन्धान गर्ने हो भने विभिन्न किंवदन्ती, वंशावली, परम्परा, इतिहास, शास्त्रीय, संस्कृति र दार्शनिक पक्षवाट समेत अध्ययन र अनुसन्धान गर्नु पर्ने हुन्छ । वंशावली अनुसार कालिगत सम्वत ३९२५ मा लिच्छवी राजा गुणकामदेवलाई महालक्ष्मी देवीको भक्तिभाव गर्ने राजा एक दिन सपनामा महालक्ष्मीले आज्ञा भएनुसार वंधः त्वा (हाल इन्द्रचोक) को वीचमा कान्तीश्वर देउता स्थापना गरी खड्ग आकारको कान्तिपुर नगर बसाले व्यापार वृध्दि भई राम्रो हुने र आफू पनि त्यही बस्ने इच्छा प्रकट गरेकोले देवीको इच्छा अनुसार बस्ती बसाली खड्ग आकारको कान्तिपुर नगर बसाल्न पूर्वदेखि ८ अष्टमातृका पासिक्व अजिमा (व्रम्हाणी), लुँमरि अजिमा (माहेश्वरी), फिव्व अजिमा (कौमारी), नै अजिमा (वैष्णवी), कंग अजिमा (वाराही), लुति अजिमा (इन्द्राणी ), साम्हा अजिमा (चामुण्डा) र चन्द्रलखु अजिमा (महालक्ष्मी) स्थापना गरेको थिए । तर भाषावंशावलीको तथ्यलाई इतिहासको अाँखाबाट हेर्दा त्यसवेला कान्तिपुर नगरमा कालिगत सम्वत ३८३५ सालमा गुणकामदेव राजा नभई अरु नै राजा थिए भनी आलोचना गरेतापनि श्रृतिलाई अन्यथा नकार्न सकिदैन भनी स्व.बलदेव जुजुले वंधः त्वाया आजुद्यः व येँ देय् पुस्तकमा उल्लेख गर्नु भएको देखिन्छ ।
किराती राजा यलम्बर इन्द्रचोकको जुजुछेँ (धापुती दरवार) मा वस्ने गरेको प्राचीन इतिहास छ । राजा यलम्वरलाई नेवारहरुले आजुद्यः भनिन्छ । परम्परा अनुसार देउताको मन्दिर भन्दा अग्लो घर वनाउने हुँदैन भन्ने मान्यता रहिआएको छ । उक्त कालखण्डमा इन्द्रचोकसंगै किल्लागः टोलमा गाई पाल्ने गोपाली (नेवारी भाषामा सापू) र यट्खाः टोलमा हाँस पाल्ने मान्छेहरु बस्ने गरिन्थ्यो । त्यसताका इन्द्रचोकसगै ईतुबहाः थिएन । उक्त स्थानमा ठूलो पोखरी भएकोले त्यहाँ गाई र हाँस्न छोड्न लगिन्थ्यो । पछि शाक्यहरुले राजालाई खुशी तुल्याई पोखरी वरिपरि वस्ती वसाले पछि केशचन्द्रले उक्त पोखरीमा माटोले पुरी भगवान वुद्घको स्थापना गरी ईतुवहाः नामाकरण गरिएको वंशावलीमा उल्लेख गरिएको छ । भाषा वंशावली अनुसार प्राचीन कालमा बागमती र विष्णुमतीको दोभान इन्द्रचोकमा थिथो । पछि नदीको धार परिवर्तन भई टेकुमा भएको थियो भनिन्छ । कालान्तरमा केही मुस्लिमहरु इराकबाट भारत र भारतवाट नेपालमा प्रवेश गरी इन्द्रचोक बस्न थालेको र पछि मुस्लिमहरु वस्ने ठाउँलाई मुस्मांगल्ली र राखीवजार (इराकी वजार) भनी नामाकरण गरिएको थियो भनी स्व.बलदेव जुजुले आफ्नो पुस्तक वँधः त्वाया आजु द्यः व येँ देय् नामक पुस्तकमा सविस्तार वर्णन गरिएका छ ।
किराती कालमा जनसंख्या धेरै कम र जङ्गलै जङ्गल भएकोले सुरक्षाको दृष्टिकोणले एकै ठाउँमा बस्न थाले पछि कालान्तरमा वीचमा चोक वनाई चारैतिर घर वनाएको देखिन्छ । त्यसैलाई नै किरात कालममा कोलिग्राम अर्थात सानो गाऊँको रुपमा हेर्न थाल्यो । त्यसताका उत्तर र दक्षिण तर्फ वस्ती भएकोले नेवारहरुले उत्तरलाई “थँने” र दक्षिणलाई “क्वने” भनिन्थो । जुन हाल सम्म प्रचलित छ । आजुद्यः (आकाश भैरव) संगै चोखाःछेँ गःली अवस्थित छ । उक्त गःलीभित्र धेरै चोकहरु भएकोले चोखाःछेँ गःली भनिएको हो । पछि अपभ्रंश भई चुक्छेँ, च्वक््छेँ र चोखछेँ गल्ली भएको थियो भनी संस्कृतिविद् स्व.बलदेव जुजुले भनाई छ ।
नेपालमा तान्त्रिक सिध्दान्त अनुसार देवदेवीहरुलाई पुजा आजा गरी जात्रा गर्ने आफ्नौ मौलिक परम्परा रहेको छ । तान्त्रिक विधिले साधाना गरी ठूल्ल ठूल्ला अदभूत शक्ति प्राप्त गरी एक दिन आफै पनि देउता बन्न सकिन्छ भन्ने मूल अभिप्राय नेवाः संस्कृतिमा रहेको देखिन्छ । तसर्थ तान्त्रिक विधि गोप्य रुपमा कसैले नसुन्ने र नदेख्ने गरी एकचित्त भई गर्नु पर्ने हुन्छ । यस्तो विधि अपनाएमा शत्रु पराष्ट हुने, रोगव्यापीवाट मुक्त हुने, कुनै बाधा विध्न नआउने, सुख र शान्ति प्राप्त हुने र देउतालाई समेत खुशी पारी आयु वढाउन सकिन्छ । तान्त्रिक मन्त्रवाटै सवैकुरा सम्पन्न गरिन्छ । प्राचीन कालमा पंचली भैरव फर्पिङ्गका थकू राजा थिए । तान्त्रिक शक्तिले तुरुन्तै राती कान्तिपुरमा आई आफ्नो प्रेमिकासंग वार्तालाप गरी विहान भाले नबास्दै फर्पिङ्ग जाने गरिन्थ्यो । एक दिन ढिलो भई विहान भएकोले टेकुस्थित झाङ्गमा लुक्न जाँदा चाख देखिएको र उनी त्यही सिध्द हुन गएको जन विश्वास छ । त्यसैले पंचली भैरवलाई पुजा गर्र्दा चाखमा गर्ने चलन छ । त्यस्तै यलम्बर पनि तान्त्रिक शक्ति प्राप्त राजा थिए । पछि यलम्वरले सिद्धित्व प्राप्त गरी आजुद्यः (आकाश भैरव) बन्न पुग्यो । आजुद्यःको कुलदेवता म्हय्पी देउता हो । त्यसैले आजुद्यःलाई आकाश भैरवको रुपमा लिइन्छ । तान्त्रिक शक्ति त्यस्तो शक्ति हो जसले सम्पूर्ण कुराको प्राप्ती र गुमाउने शक्ति भएकोले मान्छे पनि कालान्तरमा देउता बनेको इतिहास देखिन्छ । प्राचीन कालदेखि नै नेपाल तान्त्रिक देवताको वाहुल्यता थियो । आजुद्यः(आकाश भैरव)लाई पहिला राष्ट्रिय देउताको रुपमा लिइएको थियो भने पछि महालक्ष्मीलाई मान्न थालियो । मल्लकालमा तलेजु भवानीलाई माने भने पछि तजेलुको प्रतीकका रुपमा कुमारीलाई मान्न थाले । त्यसैले प्राचीन कालमा कुमारीलाई तलेजु कुमारी पनि भनिन्छ ।
प्राचीन कालमा जलदेय् (हरिसिद्धि) एउटा तान्त्रिक प्रधान देश हो । तान्त्रिक देवता हरिसिद्धिलाई १२ वर्षमा एक चोटी नरबली दिनु पर्छ भन्ने जन विश्वास छ । त्यसताका तान्त्रिकवाटै मान्छे वनाई बली दिइन्थ्यो । पञ्चतत्वको प्रतीकको रुपमा रहेको वस्तुहरुलाई बली दिनु हो । किम्वदन्ती अनुसार कान्तिपुरको मरुटोलमा हरिसिद्धि नाच देखाई रहेको वेला स्वर्गवाट कल्पवृक्ष पनि मान्छेको रुप धारण गरी हेरिरहेका थिए । तर त्यसवेला एक जना तान्त्रिकले कल्पवृक्षलाई देखी तारण लगाई हलचल गर्न नसक्ने बनाए पछि कल्पवृक्षले वाचा सहित एउटा बीऊ दिएर स्वर्गतिर लागे । उक्त वीऊ प्याफल तिर रोप्दा रुख ठूलो भई घाम समेत छेकेकोले त्यस ठाँउलाई प्याकः भनिएको हो । उक्त रुखवाट मरुसतः (काष्ठमण्डप) वनाई बाँकी रहेको काठवाट सिंल्यं सतः (पछि चारैतर्फ सिंह राखेकोले सिंहसंतह भनिएको) वनाएको थियो । यसरी काष्ठमण्डप बनाए पछि तान्त्रिकवाट तेत्तिसकोटी देवताहरुलाई आराधना गरी बाँस गराई जुन दिन नुन र तेलको भाऊ एउटै हुन्छ त्यहि दिन काष्ठमण्डपको पलिस्था गर्ने भनी सम्पूर्ण देवगणहरुलाई काष्ठमण्डपमा नै विराजमान गराएकोले प्रत्येक बर्ष नुन र तेलको भाऊ यति पुग्यो भनी सुनाउने चलन चलेको थियो भनिन्छ । काष्ठमण्डपभित्र एउटा खम्वा देखिन्छ । उक्त खम्बा कल्पवृक्षको एउटा हाँगा भनिन्छ । यसमा जिऊ घिसारेमा जिऊ दुखेको निको हुने र पेटको समस्या भएमा खम्वा चढ्नाले निको हुने जन विश्वास छ । तसर्थ काष्ठमण्डपमा प्रत्येक वर्ष होम गरी गजुरमा ध्वजा फहराउने चलन रहिआएको देखिन्छ । भनिन्छ, जामनः गुभाजूले काष्ठमण्डप अगाडिको भुतिसलमा बसी भूतपे्रतसंग कुराकानी गर्ने गरिन्थ्यो भन्ने संस्कृतिविद् स्व.जुजुको धारणा रहेको देखिन्छ । तसर्थ उहाँको विचारानुसार हरिसिद्धि नाच त्यस्तो नाच हो जुन नाचले देउतालाई समेत मुग्ध पारेका थिए भन्न सकिन्छ ।
आजकल हामी हाम्रैं मैलिक संस्कृतिलाई अन्धविश्वासको रुपमा उपेक्षा गरिरहेका छौं । तर विदेशीहरु हाम्रो संस्कृति र कलालाई अध्ययन र अनुसन्धान गरी पुस्तक प्रकाशित गरे पछि मात्र हामीले हाम्रो संस्कृति र कलाको महत्व बुझ्न थालेका छौ । तसर्थ मानव जीवनमा संस्कृतिको ठूलो महत्व छ । विचारवान मान्छेहरुले यही संस्कृतिलाई हेरी सभ्यता कस्तो छ भनी थाहा पाउन सकिन्छ । नेपालमा पौराणिक देउता भन्दा तान्त्रिक देउताको विशेष महत्व छ । त्यसैले तान्त्रिक देउतालाई तान्त्रिक विधिवाटै पुजाआजा गर्नु पर्ने भएकोले समय्वजीलाई तान्त्रिक विधिको एक परिवारको रुपमा लिन सकिन्छ । जहाँ तन्त्रमन्त्रको पुजा गरिन्छ त्यहाँ जीव बली दिइन्छ । हुनत जीव बली दिनु पाप हो । तर प्राचीन कालमा तान्त्रिकवाट साधन गरी समय्वजीवाटै अयोनिज जीव सृष्टि गरी बली भोग दिने अहिंसा महावलीे पुजा गरिन्थ्यो । बन्धुदत्त आचार्यले एउटा स्याबजीवाट हजार भेडा, एउटा कालो भटमासवाट हजार वोका, एउटा कालो मासवाट हजार राँगो सृष्टि गरी राजा यक्षराजलाई उपहार दिएको कुरा वंशावलीमा उल्लेख गरिएको छ । समय्वजीवाटै अयोनिक जीव सृष्टि गरी देउता अनुसार भोग चढाउने काम गरिन्थ्यो । पछि तान्त्रिकवाट अयोनिज जीव सष्टि गर्न नसकेपछि समय्बजीलाई नै जीव बलीको रुपमा चढाउने परम्परा चलेको थियो । तान्त्रिक विधिका रुपमा समय्बजी जीव बलीका प्रतीकका रुपमा लिइन्छ । हुन त समय्बजीलाई पञ्चतत्वको रुपमा पनि स्वीकार्छ । समय्बजीमा स्याबजि (आकाशतत्व), कालो भटमास (वायुतत्व), अदुवा (जलतत्व), छ्वय्ला (पृथ्वी तत्व) र रक्सी (तेजतत्व) समावेश गरिन्छ । पहिला समय्वजीमा चिउरा राखिदैन भने छ्वय्लाको सट्टा सुकेको माछा राख्ने चलन थियो भनी विद्वान स्व.बलदेव जुजुले नेपाःया तान्त्रिक धः वः तान्त्रिक पुजा नामक पुस्तकमा आफ्नो धारणा व्यक्त गर्नुभएको देखिन्छ ।
त्यसवेलाका तान्त्रिक विद्यामा निपुर्ण अहिन्सा महावली पुजा गर्ने महान तान्त्रिकहरुमा शान्तिकर आचार्य, वन्धुदत्त आचार्य, गुणाकराचार्य, गुणदत्ताचार्य, अभयंकराचार्य, जामनः गुभाजु, शाश्वत वज्राचार्य, सुरथवज्र बज्राचार्य र अग्निघर वज्राचार्य जस्ता प्रकाण्ड विद्वानहरुले पुजाआजा गर्नु नेपाल मण्डलको छुट्टै पहिचान थियो । तन्त्रशक्ति एउटा अद्भूत शक्ति भएकोले जुन शक्तिले देवतालाई पनि वशंमा पार्न सकिन्छ । त्यसैले तान्त्रिक शक्तिको विशेष पहिचान हुनुका साथै पौराणिक देउता भन्दा तान्त्रिक देउताको विशेष महत्व रहेको देखिन्छ । भनिन्छ तान्त्रिक शाश्वत वज्राचार्यले आकाशमा उडेर आइरहेका महाँकाल देवतालाई मन्त्रशक्तिवाट तानेर टुडिखेलमा स्थापना गरिएको थियो भने पन्क्षीको रुप लिई आकाशमा उडिरहेका साँखुका बज्रयोगिनीलाई अग्निघर वज्राचार्यले मन्त्रशक्तिवाट साँखुमा स्थापना गरिएको थियो । त्यस्तै वन्धुदत्त आचार्यले तन्त्र साधना गरी रातो मच्छेन्दनाथलाई भँमराको रुपमा कलंशमा साधना गरी नेपाल ल्याएका थिए ।
अहिले देवदेवीहरुलाई जीव नै बली दिने चलन छ । भनिन्छ, पशुबली दिने चलन शंकराचार्यले आफ्नो मत प्रचार गर्नका लागि साँखुको बज्रयोगिनी र गुह्यश्वरीमा दिएका थिए । पछि भक्तपुरका राजा हरिसिंह देबले तलेजुदेवीलाई प्रत्येक वर्ष पशुबली दिई पुजा गरे पनि केही दोष लाग्दैन भनी तान्त्रिक विधिवाट पुजा गरी बली दिइएको थियो भनी संस्कृतिविद् स्व.बलदेव जुजुले आफ्नो पुस्तक नेपाःया तान्त्रिक द्यः व तान्त्रिक पुजा नामक पुस्तकमा उल्लेख गर्नु भएको देखिन्छ ।
आदिकालदेखि नै नेवारी समाजमा सुगन दिने चलन थियो । जन्मदेखि मृत्युसम्म पनि सगुन दिनुका साथै घर छोडेर परदेश जाँदा समेत सगुन दिने गरिन्थ्यो । यसरी सुगन दिदाँ सुकन्दामा वत्ती बाली गणेशको पुजा गर्नुका साथै लाभा (ताय्) चामल, अभिर र फूलले शरीरमा पनि पूजा गरिन्छ । जसको मुख्य अभिप्राय भयसंग सघर्ष गरी आत्मरक्षा गर्नु र शक्ति संचय गरी विजय होस् भनी आशिष दिदै वीर पुरुषको रुपमा पुजा गरेको हो । सगुन पनि एक प्रकारको जीव बलीको प्रतीक हो । सगुन दिँदा उसिनिएको अण्डा, रक्सी, छवय्ला, बारा र सुकेको माछा पनि राखिएको हुन्छ । यसैलाई नै पञ्चकार बली पुजा भनिन्छ ।
नेपालमा विभिन्न देवदेवीहरुको खत तथा रथ जात्रा गरि मनाउने परम्परा छ । यसरी मनाउँदो सवैको रक्षा होस्, कुनै बाधा विध्न र अनिष्ट नहोस् भनी सामाजिक दृष्टिकोणले मनाउने गरिन्छ । जात्रा हेर्न आउन नसकिनेहरुले पनि जात्रा हेर्न सकियोस् भन्ने मूल अभिप्रायले टोल टोलमा खत तथा रथ जात्रा गर्ने चलन चलेको हो । रथ जात्रामा मूल देवता नै रथमा राखिएको हुन्छ भने खत जात्रामा प्रतिमा राखिएको हुन्छ । खत जात्रा धेरै पछि चलेको हो यो जात्रा राजा अमर मल्लले चलाएको इतिहासकारको भनाई छ ।
जीव हत्या गर्नु पाप हो । तर कतिपय अवस्थामा अन्याय र अत्याचारी दैत्यहरुलाई जीवहत्या गर्नु पनि धर्म हुन आउँन्छ । यस्तो हिंसा व्यक्तिगत स्वार्थको लागि नभई सम्पूर्ण प्राणी जगत्को कल्याणको निम्ति हुनु पर्दछ । तसर्थ खड्ग एक भैरवको प्रतीकको रुपमा रहेको रहस्यमय् हरियार हो । जसको दर्शन गरी बाहिर गएमा शत्रुको नाश हुने जन विश्वास छ । खड्ग देउता र मान्छेले पनि साट्टासाट गर्ने चलन छ । १२ वर्षमा एक पटक मखनमा भद्रकाली अजिमाको खड्ग राष्ट्र प्रमुखले साट्ने चलन छ भने मरुसःतमा पनि पंचली भैरवको खड्ग साट्टी खड्ग सिद्धि लिने चलन छ । प्राचीन कालमा शिलापत्रहरु खड्ग आकारले बनाई शीरमा खड्ग वा देउताको मुक्ति राखिएको हुन्छ । मन्दिरभित्र जाने मूलढोकाको माथी तारेणमा विभिन्न देवदेवीहरुको मुक्ति र नाग समेत राखिएको हुन्छ । ढोकामा तीन वटा आँखा र वीचमा खड्ग पनि राखिएको देखिन्छ । जसको अर्थ कुनै नकरात्मक कुराहरु प्रवेश गर्न नसकियोस् भन्नु नै हो । त्यस्तै मन्दिरमा आँखेझ्याल राख्नुका साथै उक्त आँखेझ्यालको वीचमा षट्कोण राखी वीचमा खड्ग राख्ने चलन छ । जुन एक तान्त्रिक पध्दतिको रुपमा लिन सकिन्छ ।
तन्त्रविधिनुसार सींकाभू गरी भोग खाने भएकोले यो नियमपूर्वक गरिन्छ । सींकाभू गर्दा पशुवली लिई पशुको विभिन्न अंगहरु ८ जना थकालीहरुलाई दिने गरिन्छ । पहिलो थकालीलाई दायाँ अाँखा, दोश्रोलाई वायाँ आँखा, तेश्रोलाई दायाँ कान, चोथौलाई वायाँ कान, पाँचौलाई मुख, छैठौंलाई जिव्रो, सातौलाई दायाँ वँगरा र आठौलाई वायाँ बँगरा दिई भोज खाई सके पछि भोज खाएको पातहरु एउटा वातामा राखी कलंपुजा गरी चारदोवाटो वा छ्वासमा राख्ने चलन छ । यसरी भोज गर्दा कसैले ५, ८ र १२ परिकारहरु पकाउनु पर्ने नियम छ भनी नेपाःया तान्त्रिक द्योःव तान्त्रिक पुजा नामक पुस्तकमा संस्कृतिविद्ले उल्लेख गर्नु भएको देखिन्छ ।
धार्मिक दर्शनको मुख्य लक्ष्य मोक्ष प्राप्त गर्नु हो । त्यसैले मोक्षका सम्वन्धमा प्राचीन धर्मशास्त्र, तन्त्रशास्त्र, पुराण वंशावलीमा आ–आफ्नो तरिकावाट परिभाषित गरिएका छन् । तर नेवार संस्कृतिको दर्शन अनुसार मुख्य लक्ष्य मोक्ष प्राप्त गर्नु मात्र नभई देवत्व प्राप्ती गर्नु हो । तसर्थ मोक्ष र देवत्व भन्नु एउटै होइनन् । मोक्षमा यो भवसागरसंग कुनै सम्वन्ध हुँदैन भने देवत्वमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्वन्ध रहिरहेको हुन्छ । नेवार संस्कृतिभित्र जन्मेदेखि मृत्यु पर्यान्त सम्म गरिने सम्पूर्ण विधिहरु सामाजिकतावादी सिध्दिान्तमा आधारित छन् । आफ्नो लक्ष्य पुरा गर्नका निम्ति आफैले नै कर्म गर्नु पर्छ भन्ने मान्यता रहेकोले यो संस्कृति शरणवादी सिद्धान्तमा आधारित देखिदैन । धार्मिक सहिष्णुता, सहयोग र सद्भाव रहेको नेवार संस्कृतिमा देउतालाई पुजा गरे आफ्नो कार्य सिध्द गर्न सजिलो हुन्छ भन्ने मान्यता रहेको देखिन्छ । हुन त दर्शनको मुख्य उदेश्य नै सुख र शान्ति हो । देवी नाच तथा पायाः द्यः जात्रा गर्दा विशेषतः तान्त्रिक विधि अपनाई देउतालाई आब्हान गरी मान्छेको शरीरभित्र प्रवेश गराई सकेपछि प्रतिष्ठा गप्र्यो भने मान्छे पनि देवता जस्तो बन्न सकिन्छ । यो नै नेवार संस्कृतिको ठूलो दार्शनिक सिद्धान्त हो भनी संस्कृतिविद्ले नेवा संस्कृति र नेवाः दर्शन पुस्तकमा उल्लेख गर्नु भएको देखिन्छ ।
नेवार समुदायमा घरलाई पनि देउताको प्रतीक मानिन्छ । घरलाई पलिस्था गरे पछि प्रत्येक दिन मुलढोकामा पुजा गर्ने चलन छ भने घर बाहिर जादाँ र आउँदा मूलढोका ढोग्ने परम्परा रहिआएको देखिन्छ । त्यस्तै विहान भात खानु अघि एक भाग घरलाई चढाएर मात्र खाने गरिन्छ । घरमा अाँखे भ्याल र ढोकाहरुमा नाग, कलंश र देवदेवीहरुको मुक्ति राख्ने भएकोले कुनै नकरात्मक शक्तिको प्रवेश हुन सक्दैन भन्ने जन विश्वास रहि आएको पाइन्छ ।
कान्तिपुर देशलाई पहिला “येँ देश” भनिन्छ । देशको सुरक्षाका लागि चारैतिर प्रवेशद्धार वनाइएको हुन्थ्यो । जस्तो पाटनढोका, लुभूमा मचाध्वाका (सानो ढोका), भक्तपुरमा भारभाच्व ध्वाखा । तर काठमाडौमा यस्ता थुप्रै ध्वाका (ढोका) हरु भएता पनि हाल सवैको अस्तित्व समाप्त भैसकेको देखिन्छ । पुराण अनुसार देउताले पनि देउतालाई पुजा आराधना गर्ने गरिन्छ ।जस्तो दैत्यहरुको दुःखका कारण इन्द्रले नारायण र महादेवलाई पुकारेको पाइन्छ भने नारायणले पनि मधुकैट्भ भन्ने दैत्यलाई संभार गर्न भगवतीको पुजाआजा गरेको देखिन्छ । त्यसैले नेपाल त्यस्तो देश हो, जहाँ देउताले देवतालाई पनि विधि विधान अनुसार पुजा गर्ने देश हो । वास्तवमा कष्ठमण्डपमा सुनको गजुर राखे पनि यसलाई मन्दिरको रुपमा हेरिदैन । यो सतल मात्र हो । यहाँ कुनै पनि देवदेवीको स्थापना गरिएको छैन । यहाँ न मुलढोका छ न चारैतिर खापाहरु राखिएको छन् । त्यसैले यो अद्भूत रहस्यमय ईश्वरको बास बस्नका लागि वनाएको पूण्यभूमि सतल हो ।
प्राचीन कालमा पानी लिन नगर वाहिर नदीमा लिन जानु पर्दथ्र्यो । जनसंख्या थोरै भएको कारणले गर्दा सवै ठाउँमा जङ्गलै जङ्गल भई जंगली जनावर तथा भूतप्रेतको धेरै डर हुन्थ्यो । त्यसैले आफ्नो राज्यमा पानीको समस्या नहोस् भन्ने हेतुले टोलमा टोलमा ल्वहँहिति (ढुङ्गो धारा) वनाएको देखिन्छ । विहान ढुङ्गेधारामा मुख धोए पछि भगवानलाई जल चढाउने उदेश्यले महादेव, नारायण, सर्यू भगवान जस्ता देवताहरुको मुक्ति राख्ने चलन थियो भने पानीको देवता नागलाई साधना गरी नागको मुर्ति पनि राख्ने गरिन्थ्यो । यसरी ल्वहँहिति वनाउदाँ हित्तिमङ्ग भन्ने जीवनको मुखवाट पानी वगाई रहेको हुन्छ । हुन त कतिपय ढुङ्गेधाराहरु पानी नआउने पनि हुन्छ । स्वयम्भूको वायुपुर र अग्निपुरसंगैको ढुङ्गेधारामा पानी आउदैन भने हलुमान ढोका स्थित प्रताप मल्लले वनाएको धारामा पनि पानी आउँदैन । यस्तो धाराहरुमा तान्त्रिक विधि अनुसार विशेष कार्य सम्पन्न भएमा पानी वा दुध आउने मान्यता रहि आएको छ । त्यस्तै कतिपय ढुङ्गेधाराहरु थस्वोहितिको नामले प्रसिद्व छ । असनको बालकुमारी स्थित थस्वोहिति (जुन हितिमा हाल पुजागर्दै आएकोले हिति जस्तो देखिदैन) र केलटोल स्थित लुचुुमरु अजिमाको दायाँवायाँ थस्वोहिति देखिन्छ । यस्तो हितिमा तन्त्रमन्त्रवाट मात्र पानी निकाल्न सकिन्छ भन्ने प्राचीन परम्परा रहि आएको देखिन्छ भनी हतिहास तथा संस्कृतिविद् स्व. जुजुको कान्तिपुर पुस्तकमा उल्लेख गर्नु भएको छ ।
भनिन्छ, लसुनलाई शरीरमा राखिराख्यो भने भूतप्रेतले पनि छुन सक्दैन । परम्परा अनुसार केहि दिन घर छोेडी आउँनेलाई मुलढोकामा राखी बलिपुजा गर्ने चलन छ । यो पुजा गर्दा भूतप्रेतहरु घरमा प्रवेश गर्न सक्दैनन् भन्ने मान्यता छ । विवाह गर्दा पनि यस्तै गर्ने चलन छ । देउता जात्रा सकेपछि देउतालाई पनि बलिपूजा गर्ने परम्परा छ । भनिन्छ, प्राचीन कालमा धान रोप्न एक दिन अगाडि भोज वनाएर रक्सी समेत खेतमा छोड्ने र भोलि खेतमा जादाँ खेत खनिराखेको र भोज पनि खाइरहेको किम्वदन्ती छ । पछि तान्त्रिक विधिले यस्तो गर्न नसकेकोले भूतप्रेतहरु साधना गर्ने चलन चलेको थियो भनिन्छ ।
नेवार संस्कृतिभित्र मृत्यु पश्चात विशेष तान्त्रिक विधिवाट दाह संस्कार गर्ने चलन छ । जुन रहस्यमय दाशनिक पक्षको रुपमा लिन सकिन्छ । मृत्यु हुन प्राणवायु निस्कनु पर्दछ । जवसम्म प्राणवायु नस्किदैन तबसम्म मान्छे मृत्यु भएको मानिदैन । त्यसैले मृत्यु संस्कार अन्तर्गत दाह संस्कार विधि, अभिप्राय, दुःखमा बस्ने, सपिण्ड श्राध्द विधि, वार्षिक श्राध्द, पार्वण श्राध्द (सोह्र श्राध्द), वृद्धि श्राध्द (प्रत्येक दिन खाना खानु भन्दा अघि पितृलाई चढाउने ), पितृ देवता र पुर्खा देखता जस्ता थुप्रैं जीवन्त पछिका संस्कारहरुलाई एक अभिन्न अंगको रुपमा लिएको देखिन्छ भनी भाषा तथा संस्कृतिविद् स्व.वलदेव जुजुले “मृत्यु संस्कार नेवा ः संस्कृति कथ” नामक पुस्तकमा सविस्तार वर्णन गरिएको छ ।
संस्कृति सभ्यताको चिन्ह हो, जसभित्र दर्शन लुकेको हुन्छ । यस्तो दर्शन भएको हाम्रो सभ्यतालाई अध्ययन र अनुसन्धान गरी गर्भमा लुकेका महत्पूर्ण विशेषताहरुलाई उजागर गर्नु आजको आवश्यकता हो । प्राज्ञ बलदेव जुजु त्यस्तो वहुप्रतिभाशाली व्यक्तित्व हुनु हुन्छ जसले नेपालमा नेवारहरुले आदिकालदेखि वौदिक विकास गरी आफ्नै मौलिक संस्कृतिलाई जीवनको अभिन्न अंगको रुपमा पहिचान दिलाउन सफल भएको स्वीकार छन् ।
नेपाल प्राचीनकालदेखि तान्त्रिक प्रदान देश हो । आफनै घर आँगनमा तेत्तिसकोटी देवतालाई बासस्थान बनाई थुप्रैं जात्रा पर्वहरु मनाउनु नै यहाँको सभ्यता हो । तसर्थ जात्रापर्वभित्र समय्वजी जस्तो पञ्चतत्वलाई जीव बलीको रुपमा लिइन्छ । मानव जीवन पञ्चतत्वले वनेको छ । पृथ्वी, जल, तेज, वायु र आकाश तत्वलाई हामी पञ्चतत्व भनिन्छ । जुन तत्वहरुको सन्तुलन भएन भने हामी विरामी हुने भएकोले हाम्रा चाडपर्वहरुमा पकाउने थुप्रै परिकारहरुवाट औषधी जस्तै सन्तुलनमा राख्ने प्रयास गरिन्छ ।
भनिन्छ, प्राणीहरुको दिन गन्ती शुरुवात गर्ने आयुको गणक नै सूर्य हो । पृथ्वीमा पानीको उत्पन्न भएपछि आदित्यवान सूर्यको उदय भएकोले सूर्यलाई प्रथम देवताको रुपमा लिइन्छ । सूर्यको आराधना गरी पुजा गरे अन्य देवदेवताहरुको पनि पुजा गरेको मानिने भएकोले सूर्यलाई सहसांशु अर्थात तेत्तिसकोटी देवताहरुको समष्टिगत स्वरुप मान्न सकिन्छ ।
दर्शन आफैमा सारगर्भित छ । त्यसैले गायन्त्री मन्त्रवाट जन्मेका ६ वटा दर्शनहरुमध्ये वेदान्त दर्शन (प्रवर्तक महर्षि व्यास), मीमांसा दर्शन (प्रवर्तक महर्षि जैमिनि) सांख्य दर्शन (प्रवर्तक महर्षि कपिलमुनि) योग दर्शन (प्रवर्तक महामुनि पतञ्जली ), वैशेर्षिक दर्शन (प्रवर्तक महर्षि कणाद) र न्याय दर्शन (प्रवर्तक महर्षि अक्षपाद ) जस्ता आलौकिक शक्ति भएका दर्शनहरुलाई मानव जीवनमा आत्मसाथ गर्न सक्नु पर्दछ । तर आजकल भौतिक वादी दर्शनले हाम्रा ती अलौकिक दर्शनलाई ओझेलमा पार्न कोशिस हुन्दैछ । जुन ज्यादै दुःख दायी कुरो हो ।
यो कुरो सत्य हो, उकालो चढनु भन्दा ओरालो लाग्नु झन गाह्रो हुन्छ । त्यसैले मान्छेहरु भन्ने गरिन्छ आस्थाले ढुङ्गालाई पनि पगाल्न सकिन्छ । यस्तै प्रखर ज्ञान भएका स्वर्गीय वलदेव जुजुको जीवन कालमा नम्रता र सहनशीलता वाहेक कहिल्यै पनि अंहकारले वाटो पाएनन् । आत्मा र परमात्मा खोजी गर्ने एक कुशल व्यक्तित्वको जीवन दर्शनभित्र प्रकृति, शरीर र आत्मालाई परमपुरुषको रुपमा स्वीकार्नु वाहेक अन्य कुनै दर्शन पाएनन् । यस्तो महापुरुषले देखाएको चेतनाको ज्योतिले एकदिन अवश्य अन्धकारलाई हटाउने छन् । तसर्थ हिजो हिडँनु भएका वाटाहरुमा उहाँको पैतलाको डोबहरु खोज्दैं आज थुपै्र भाषा, साहित्य र सस्कृतिप्रेमीहरु हिडिहेका छन्, हिड्न खोज्दैछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया