२०८२ फाल्गुन ६ | Feb 18, 2026

तारागाढ खोलामा साँढे तीन करोड लागतमा पक्की पुल निर्माण

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २८
|
1.3k views

सुर्खेत । दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु तीन करोड ६२ लाख ७६ हजारको लागतमा हलुका सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ ।

दुल्लुस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीका अनुसार यो पुल निर्धारित समयभन्दा आठ महिना पहिले निर्माण सम्पन्न भएको छ । जिल्लाका आठबीसकोट नगरपालिकाको चिनियाथापा खोला र चामुण्डाविन्द्रासैनी नगरपालिकाको मछेइनामा निर्माणाधीन पक्की पुल पनि सम्पन्न हुने चरणमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया