२०८२ भाद्र ७ | Aug 23, 2025

त्रिदेशीय नाका फूलबारी –बङ्गलाबन्घु सञ्चालनमा, बङ्गलादेशसँगको आयात निर्यात सहज

BusinessPati बिजनेस पाटी
|
२०८१ श्रावण २७

काठमाण्डौ  २७ साउन, २०८१। 

नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बङ्गलाबन्घु नाका खुलेकोे छ ।

नाका खुलाभएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेश तर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ । ”

कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा रु तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया