२०८२ फाल्गुन ६ | Feb 18, 2026

देउवा दम्पती सिंगापुर जाँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १०
|
2.3k views

ललितपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाका साथ आज सिंगापुर जाने भएका छन् । सोमबार राति ९ बजे देउवा दम्पती स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट स्रोतले जानकारी दिएको हो ।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट हुँदा सभापति देउवाको टाउको फुटेको थियो । उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।

घटना पश्चात् देउवा दम्पतीलाई सुरक्षाकर्मीले उद्धार गरेर सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । भदौ २४ पश्चात् सार्वजनिक रूपमा कतौ नदेखिएका देउवा एकाएक असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए ।

असोज २८ गते नै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया