२०८२ आश्विन १६ | Oct 02, 2025

देशको असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ सम्म बन्द

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २६
|
1.4k views

ललितपुर। देशको असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयको पठनपाठन ठप्प भएको छ । पछिल्लो समय देशमा विद्यमान असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ पछि मात्र सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भनेको छ–मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशनानुसार जानकारी गराइन्छ ।

पछिल्ला चारदिनदेखि जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया