द्वन्द्वपिडित तथा अपाङ्ग बालबालिकालाई भोजन खुवाउँदै नानु सिंह

काठमाडौ १९ अशोज २०८१।

शंकरापुर नगरपालिका सलम्बुटार स्थित रहेको द्वन्द्व पिडित तथा अपाङ्ग समाज नेपालका बालबालिकालाई असोज १८ शुक्रबार साँझको भोजन गराउँदा गराउँदै भेटिएका छिन् । त्यहाँ पुग्दा अकस्मात उनलाई भेटिएको हो । मिडिया तथा सामाजिक सञ्जालमा खासै रुचि नराख्ने नानु अहिले मिसेस नेपाल वल्र्ड २०२४ की प्रतिस्पर्धी हुन् । रिवन इन्टरटेनमन्टले सञ्चालन गरेको मिसेस नेपाल वल्र्ड २०२४ को कन्टेस्टेन्ट नंं. १४ को रुपमा उनी प्रतिस्पर्धी छिन् । मिसेस नेपाल वल्र्ड विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता हो । सुदुरपश्चिमको विकट ठाउँ अछाम साँफेबगरमा जन्मिएर हुर्केकी नानु आफ्नो ठाउँसँग गर्ब गर्छिन् ।

No description available.

द्वन्द्व पिडित तथा अपाङ्ग समाज नेपाल देशको प्रमुख प्रशासकिय भवन ‘सिंहदरवार’ करिब १६ कि.मि. उत्तरमा रहेको छ । समाजका अध्यक्ष युवराज थापा ‘बैरागी’ आफूपनि पूर्ण अपाङ्ग छन् । उनको कम्मर चल्दै चल्दैन । तर उनले विगत दुई दशकदेखि विभिन्न अपाङ्ग तथा द्वन्द्व पिडित बालबालिकाहरुको लालनपालन, औषधि उपचार तथा शिक्षा दिक्षा गराईरहेका छन् । यो समाजमा अहिले ५३ जना बालबच्चा, आफू र बालबच्चा रेखदेख गर्ने आमाहरु र कर्मचारी सहित ६३ जना रहेका छन् । विभिन्न सहयोगी मन भएका व्यक्तिहरु तथा दाताहरुबाट बालबालिकाको खर्च जुटाईरहेका छन् । उनी भन्छन्, ‘राज्यले वार्षिक रुपमा ०७३ सालबाट ५ लाख दिइराखेको छ तर त्यसले एक छेउ पनि पुग्दैन । स्थानीय निकायको हामीलाई कुनै सहयोग गरेको छैन । समाजसेवी तथा पत्रकार राजन थापाले हामीलाई सहयोगको वातावरण जुटाइरहनु भएको छ । आफूबसेको यो ठाउँ अब ०८२ जेठ देखि छोड्नु पर्ने अवस्था छ । यी द्वन्द्व पिडित बालबच्चहरु अब कहाँ लगेर कसरी व्यवस्थापन गरौं भन्ने चिन्ताले पिरोलेको छ । ‘उनी मिडियकर्मीलाई दुखेसो व्यक्त गर्छन् । उनी भन्छन् कुनै राम्रो ठाउँ कुनै निकायले हामीलाई दिलाउने हो भने त्यहाँ हामी भबन बनाउन हिम्मत गर्छौं ।
नानु सिंह त्याँ पुग्दा बालबच्चाको अवस्था देखेर भावुक बनेकि थिइन । उनी ३/४ वर्षदेखि सुसुप्त ढंगले सामाजिक कार्यहरु गरिरहेकि छिन् । उनको कार्यलाई रोशनी शर्माज्यूले विभिन्न तरीकाबाट सहयोग गरिरहेकी छिन् ।नानु सिंह बिदेश रहेर काम गरेकाे अबस्थामा शर्माले उनका सामाजिक कामकाे समन्वयगरि जनमानसमा पुर्याएकी छिन्।

विकट ठाउँ अछाप साँफेबगरमा जन्मिएर हुर्केकी नानु आफ्नो ठाउँसँग गर्ब गर्छिन् ।

बिशेस गरेर सुदुरपश्चिमका ९ वटा जिल्लाहरुमा पर्यटकीय तथा धार्मिक ठाउँहरुको संरक्षण, सम्बद्र्धनमा तथा प्रचार प्रसारमा लागेको बुझिएको छ । उनी एकल महिला हुन् । उनको श्रीमान् शसस्त्र द्वन्द्वको समयमा भालुवाङको घटनामा मृत्यु भएको थियो । उनी शसस्त्र प्रहरिका जवान थिए । त्यसबेला नानु सिंह १६ वर्षकी थिइन । कलिलो उमेरमै उनको विवाह भएको थियो । उनी त्यसपछि नेपाल प्रहरीको जागिर खाइन । ११ वर्षको जागिर पश्चात् आफ्नो आर्थिक अवस्था कमजोर भएको र सो जागिरले पर्याप्त नभएकोले वैदेशिक रोजगारीको शिलशिलामा दुवई गइन् । त्यहाँ पनि उनले लामो समय दुवई प्रहरीमा जागिर गरेको बुझिएको छ । हाल उनी आफ्नै स्वदेशमै रही सामाजिक काममा अघि बढिरहेकि छिन् । उनको सानै देखि सामाजिक काममा रुची रहेको बुझिएको छ ।

नानु सिंहलाई त्यहाँ भेट्दा पत्रकार/लेेखक नन्दलाल खरेल,मृदुुला शर्मा तथा पत्रकार सन्ताेष तिवारीकाे समेत उपस्थिति रहेकाे थियाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया