|
|
२०८२ आश्विन २९
1.3k views
ललितपुर । धनकुटाको निगालेमा बुधबार दिउँसो एक यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको उक्त बस दिगाले दुर्घटनाग्रस्त भएको थियो ।
३० जना यात्रु सवार रहेको उक्त प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटना हुँदा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा अन्य ६ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको धनकुटा प्रहरीले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया