२०८२ फाल्गुन ६ | Feb 18, 2026

नवनियुक्त गभर्नरको पहिलो निर्णय “पाँच सय र १ हजार’ का नयाँ नोट छपाउने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७
|
1.4k views

ललितपुर । नेपाल राष्ट्र बैंकका नवनियुक्त १८ औँ गभर्नर प्राडा विश्वनाथ पौडेलले सशपथ ग्रहण गरेसँगै बुधबारबाटै कार्यभार सम्हालेका छन् । आजै पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरे लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गर्भनरको कार्यभार सम्हालेका हुन् ।

पद तथा गोपनीयताको सपथ लिएसँगै अर्थात् कार्यभार सम्हालेको पहिलो दिन नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंक पुगी पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

लामो समयसम्म रिक्त रहेको नेपाल राष्ट्र बैंकले आजबाट १८औँ गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेललाई पाएको छ। मङ्गलवार बिहान बसेको गभर्नर सिफारिस समितिको बैठकले गरेको सिफारिस अनुसार सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नरमा नियुक्ति गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया