ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताएकी छन् । बाह्रखरी मिडियाद्वारा आज आयोजित ‘डिशहोम सातौँ बाह्रखरी कथा लेखन प्रतियोगिता, २०८२’ का विजयी लेखकलाई पुरस्कार प्रदान गर्दै निर्वाचनमा नै वर्तमान सरकारको अर्जुनदृष्टि रहेको बताइन् ।
उनले सुशासन कायम गर्न पनि सरकार अहोरात्र खटेको बताइन् । वर्तमान सरकारमाथि चौतर्फी प्रहार भइरहेको तर अचानोमा परेरै भए पनि मेहनतका साथ काम गरिरहेको प्रधानमन्त्री कार्कीको भनाई थियो ।
प्रधानमन्त्री कार्कीले सबै कुरा एकैचोटि हुनुपर्ने आशा सबैतिरबाट भएको बताउँदै तर सबै कुरा एकैचोटी गर्न नसक्ने भएकाले सरकारले निरन्तरः काम गरिरहेको बताइन् । राजनीतिक दल र जेनजीको दोहोरो दबावमा सरकार परेको उनको भनाई थियो । प्रधानमन्त्री कार्कीले सरकार छोडेर हिँड्ने अवस्था पनि नरहेको बताइन् । उनले देश बङ्गलादेशजस्तो नहोस् भन्ने आफ्नो चाहना रहेको बताइन् । उनले दिनदिनै विदेशबाट नेपाली डिपोर्ट भइरहेको सन्दर्भ जोड्दै अब देशलाई नै बनाउनुको विकल्प नरहेको बताइन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया