२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाली कांग्रेसको त्रिपक्षीय वार्ता पुनः सुरु हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ३०
|
2.8k views

ललितपुर । नेपाली कांग्रेसमा देखिएको आन्तरिक मतभेद समाधानका लागि त्रिपक्षीय वार्ता केहीबेरमा पुनः सुरु हुँदै छ। विशेष महाधिवेशन पक्षधर वार्ता टोलीका सदस्य देवराज चालिसेकाका अनुसार, आजको बैठकमा मिल्न बाँकी रहेका विषयमा सहमतिको प्रयास हुने जनाइएको छ।

वार्तामा सभापति शेरबहादुर देउवाको उम्मेदवारी टिकटमा हस्ताक्षर नगर्ने, आगामी चुनाव लड्ने अधिकार र नयाँ नेतृत्व चयन गर्ने विषयमा छलफल हुने बताइएको छ। देउवाका तर्फबाट हस्ताक्षर छोड्न सक्ने सकारात्मक संकेत देखिएको पनि टोलीले बताएको छ ।

तर, नियमित महाधिवेशनमा नपुग्दै अहिले राजीनामा दिएर पद छोड्ने प्रस्ताव भने मुख्य असहमतिको विषय बनेको छ।

यसैबीच, कांग्रेस विशेष महाधिवेशनमा आज उम्मेदवारी मनोनयनको कार्यतालिका समेत तय गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया