|
|
२०८२ पुष २६
918 views
ललितपुर । नेपाल आयल निगमले एक वर्षमा करिब १२४ अर्ब रुपैयाँ राजस्व योगदान गरेको जनाएको छ । आयोगले ३६६ अर्ब रुपैयाँको कारोबार गर्दै नेपाल सरकारलाई उक्त मरिमाणको राजश्वमा योगदान गरेको जनाएको हो ।
भन्सार शुल्क, सडक मर्मत शुल्क र मूल्य अभिवृद्धि करमार्फत बुझाइएको यो रकम सरकारको वार्षिक राजस्व लक्ष्यको करिब १० प्रतिशत रहेको निगमले जनाएको छ । आर्थिक हिसाबले निगमले ३६७ अर्बको कारोबार गर्दै १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
निगमले वार्षिक रूपमा पेट्रोल ६३ हजार किलोलिटर, डिजेल २ लाख २२ हजार किलोलिटर, हवाई इन्धन १८ हजार किलोलिटर र ४६ हजार टन एलपी ग्यास आपूर्ति गर्दै आएको छ। हाल निगमले ३१ वटा कार्यालय र ८७२ जना कर्मचारीमार्फत देशभर सेवा प्रदान गरिरहेको साहले बताएका छन् ।















फेसबुकबाट तपाईको प्रतिक्रिया