२०८२ आश्विन १६ | Oct 02, 2025

नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

BusinessPati बिजनेस पाटी
|
२०८१ मंसिर १५
|
153 views

काठमाडौं१५ मंसिर २०८१

नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडांैंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याब प्रा.लि. द्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक लिमिटेड र काठमाडौंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याब प्रा.लि. बिच मिति २०८१ मङ्सिर १२ गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई सिद्धि पोली प्याथ ल्याब प्रा.लि. द्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याब प्रा.लि. को तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने biochemistry, hematology, endocrinology, microbiology, infectious disease, hepatitis, HIV, TORCH panels, serology, oncology, ECG, ECHO test, Digital X-ray, Ultrasound जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया