ललितपुर । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित भएकी छन् । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट दुई वर्षका लागि अध्यक्ष पक्षमाउनी निर्वाचित भएकी हुन् । सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, क्लोराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वाशिङटन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो ।
संस्था स्थापना भएको तीन दशकपछि नासाले पहिलोपटक महिला अध्यक्ष प्राप्त गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि दुई कार्यकाल बोर्ड निर्देशक र महिला समितिको नेतृत्व सम्हाली सकेकी छन् । अमेरिकामा बसोबास गर्दै आएकी समाजसेवी गुरुङले २५ वर्षसम्म नेपाली समुदायको हक, हित र नेपाली कला, संस्कृति क्षेत्रका प्रबद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकी छन् । नेपाली साहित्य, संस्कृति र परम्पराको जगेर्नामा सक्रिय भूमिका निर्वाह गरकै कारण अध्यक्षजस्तो गरिमामय पदमा उनी निर्वाचित हुन सफल भएकी हुन् ।
त्यसैगरी दुई बर्षको कार्यकालका लागि कार्यकारी उपाध्यक्षमा डा. दिलीप पन्थी ( नर्थ क्यारोलिना )उपाध्यक्षमा श्री प्रणय लामा ( जर्जिया ) महासचिवमा श्रीमती शिक्षा गौतम ( जर्जिया)सह–सचिवमा श्रीमती बिमला अधिकारी (बिनु), ( नर्थ क्यारोलाइना ) र कोषाधक्ष्यमा पुरन राज खतिवडा ( जोर्जिया ) चुनिएका छन ।

त्यसैगरी १५ सदस्यीय कार्यकारी बोर्ड सदस्यहरुमा राजेन्द्र न्यौपाने ( साउथ क्यारोलिना) सुवास पोखरेल ( मेरील्याण्ड ) डा. शंकर पराजुली (म्यासाचुसेट्स ) होम लम्साल ( नर्थ क्यारोलिना ) श्रीमती कल्पना भट्टराई ( जर्जिया ) श्रीमती कुसुम बराल ( साउथ क्यारोलिना ) गुरु प्रसाद ढुंगेल( साउथ क्यारोलिना) श्रीमती रमा पाहारी ( फ्लोरिडा), रुबी बराल(जर्जिया ) श्रीमती प्रतिभा खड्का( ळुजिएना ) अभिराज राजवंशी ( साउथ क्यारोलिना) निशान्त अर्याल ( जर्जिया ) जय नारायण साह ( जर्जिया ) संगीता मल्ल ( लुजिएना ) र श्रीमती पार्वती तिमिल्सिना ( नर्थ क्यारोलाईना ) निर्विरोध निर्वार्चित भएको निर्वाचन आयूक्त प्रमुख एवं पूर्व अध्यक्ष बिमल नेपालले बताएका छन ।
नासाको ३४औँ सम्मलेनको उद्घाटन नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीले गरेका थिए ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया