ललितपुर । आज साताको पहिलो सेयर कारोबार दिन नेप्से परिसूचक १२ अंक बढीले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा अडिएको हो। यसदिन ३३० स्क्रिप्सको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ४ अर्ब ७४ लाख ५५ हजार ७७ रुपैयाँमा खरिदबिक्री भए।
यस्तै, आज एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्वस्तिक लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढ्दा एसवाइ प्यानल नेपालको ९.९८ प्रतिशत,एनएमबी माइक्रोफाइनान्स वित्ती संस्थाको ५.१९ प्रतिशतले बढेको छ ।
कारोबार रमका आधारमा कुमारी बैंक लि. प्रमोटर सेयर शीर्षस्थानमा रह्यो। सो बैंकको २६ करोड १८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। नगदी ग्रुप पावरले १८ करोडको सेयर कारोबार गर्दा शिवम् सिमेन्टको ७ करोड ८९ लाख,श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको ७ करोड ७० लाख र बुटवल पावरले ७ करोड ४ लाख मूल्य बराबरको सेयर कारोबार गरे।
यस्तै, आज कारोबारमा आएकामध्ये ५६ वटा स्टक्सको मूल्य बढ्दा १९६ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य भने स्थिर रहयो। दुई समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। बैंकिङ र म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक घटेका हुन्।













फेसबुकबाट तपाईको प्रतिक्रिया