ललितपुर । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले अस्पताल विस्तारका लागि प्रथम चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उक्त शेयर निष्कासन कार्यका लागि शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धि नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।
जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको यस नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्कासन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गत करिब ७१.४३ प्रतिशत शेयर कायम रहने कम्पनीले जनाएको छ ।











फेसबुकबाट तपाईको प्रतिक्रिया