२०८२ आश्विन १६ | Oct 02, 2025

परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्ष तानाका बीच भेटवार्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ९
|
51 views

ललितपुर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । जापानको टोकियोस्थित जाइकाको मुख्यालयमा शुक्रबार भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री सचिवालयले जनाएको छ ।

दुई पक्षीय भेटका अवसरमा नेपालका लागि डा. राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गर्दै मन्त्री राणाले पछिल्लो समयमा नागढुङ्गा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुनःनिर्माण एवं मर्मतसम्भारलगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगको खुलेर प्रशंसा गरेकी छन् ।

टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकसम्बन्धी विषयमा पनि कुराकानी भएको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया