ललितपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्रालयका लागि नाम सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपति कार्यालयमा मन्त्री बन्नेहरूको नामावली पठाउँदा श्रेष्ठको मन्त्रालय परिवर्तन भएको हो ।
यसअघि श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने भनिए पनि अहिले उनको मन्त्रालय फेरिएको छ । राष्ट्रपति कार्यालयमा नामावली पठाउँदा भने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बनाउने उल्लेख रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
श्रेष्ठ बाहेक अन्य तीनजनाको नाम भने यथावत राखिएको स्रोतले जानकारी गराएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका यी चार मन्त्रीको शपथ आजै हुने तयारी गरिएको छ । नवनियुक्त चारैजना मन्त्रप्काृ आइतबार दिउँसो साढे २ बजे सपथ हुने कार्यक्रम रहेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया