२०८२ भाद्र ७ | Aug 23, 2025

पूर्वसांसद आलम रिहा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १४

ललितपुर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाउनुभएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम केहीबेर अघि रिहा हुनुभएको छ । नक्खु कारागारमा रहनुभएका उहाँलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको कारागारका जेलर भीमराज कोइरालाले राससलाई जानकारी दिनुभयो । यसअघि आलममाथि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आजै आलमलाई सफाइ दिएको अदालतका रजिष्टार दीपक भण्डारीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया