२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेनजीसँग छलफल गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १२
|
612 views

ललितपुर । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग छलफल गर्दै छिन् । छलफल आज अपरान्ह ४ बजे बैठक बस्न लागेको हो ।

आन्दोलनको प्रमुख शक्ति जेनजी र राजनीतिक दलहरुबीच छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ । उक्त बैठकमा निर्वाचनको वातावरण मिलाउने बारेमा दुवै पक्षसँग छलफल गरिने एक स्रोतले जानकारी दिएको छ ।

जेनजी समूहले गत भदौ २३ र २४ गतेको जनप्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्की नियुक्त भएकी थिइन् । प्रधानमन्त्रीको पदभार सम्हाले लगत्तै कार्की नेतृत्वको सरकारले पहिलो काम नै आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको थियो ।

प्रतिनिधिसभा निर्वाचनको मिति तोकिए पनि राजनीतिक दलहरुले भने समयमै निर्वाचन हुन नसक्ने आँकलन गर्दै आएका छन् । नेकपा एमालेले संसद पुनःस्थापनाको माग गर्दै अदालतमा रिट निवेदन दिने निर्णय समेत गरिसकेको छ भने अन्य राजनीतिक दलहरुले पनि सरकारले निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको बताउँदै आएका छन् ।

सोही विषयमाथि छलफलका लागि आज जेनजी र प्रमुख राजनीतिक दलहरुबीच प्रधानमन्त्री कार्कीले छलफल गर्न लागेकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया