२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रधानमन्त्री सहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १४
|
357 views

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । मानव तस्करीको आरोप लगाउँदै सिन्धुलीका युवराज पौडेल ‍सफलले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् ।

पौडेलले पठाएको उजुरीमा प्रधानमन्त्री ओलीसहित अन्य १६ आरोपित विभिन्न व्यक्तिहरूले पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको उल्लेख छ । यसका साथै सफलले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा पूर्वगृहमन्त्रीसहित १६ जनालाई पक्राउ गरी अनुसन्धानको माग गर्दै उजुरी दिएका छन् ।

उजुरीमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामवदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालमाथि अनुसन्धान गर्न माग राख्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया