२०८२ भाद्र ६ | Aug 22, 2025

प्राधिकरणले भन्यो : बक्यौता किस्ताबन्दीमा तिर्न ४५ दिनभित्र आउनु

BusinessPati बिजनेस पाटी
|
२०८१ असार १६

काठमाडौं २०८१ असार १६ ।

नेपाल विद्युत प्राधिकरणले सडक बत्ति जडान गरी विद्युत उपभोग गरेका स्थानीय तहहरूले तिनुपर्ने थप दस्तुरसहितको बक्यौता रकम बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था सहितको सूचना सार्वजनिक गरेको छ । स्थानीय तहहरूलाई आफ्नो बक्यौता रकम यथाशीघ्र बुझाउन प्राधिकरणले आग्रह गरेको छ ।

आइतबार प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै यो सूचना सार्वजनिक भएको मितिले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया