२०८२ जेष्ठ २९

ललितपुर । आज साताको अन्तिम कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।
बुधबार अर्थात् अघिल्लो कारोबार दिन नेप्से १३.६९ अंक घटेर २६६४.४७ विन्दुमा बन्द भएको थियो । विहीबार सोही सेसनमा ०.७५ अंक बढेर २६६५.२२ विन्दुमा पुगेको छ। विहीबार प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंकले बढेको छ।
आज सोही सेसनमा ४२ स्टकको ७८ पटकको कारोबारमा २ करोड ५६ लाख ६७ हजार ४१ रुपैयाँबराबरको ४८ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य प्रि ओपन सेसनमा स्थिर रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया