|
|
२०८२ पुष २३
1.2k views
ललितपुर । आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकभन्दा बढीले बढेर बन्द भएको छ।
मंगलबार अर्थात् अघिल्लो शेयर कारोबारको दिन ९.९३ अंक बढेर २६४९.३० विन्दुमा बन्द भएको नेप्से, बुधबार भने सोही सेसनमा १.६४ अंक बढेर २६५०.९५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।२४ अंक घटेको छ।
त्यस्तै, आज प्रि ओपन सेसनमा ४८ स्टकको १०८ पटकको कारोबारमा २ करोड ३८ लाख ४५ हजार १४१ रुपैयाँ ८० पैसाबराबरको ३२ हजार ५३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।











फेसबुकबाट तपाईको प्रतिक्रिया