|
|
२०८२ पुष २४
1.1k views
ललितपुर । आज विहीबार अर्थात् साताको अन्तिम शेयर कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक घटेर बन्द भएको छ।
बुधबार अर्थात् अघिल्लो कारोबार दिन १३.३५ अंक घटेर २६३५.९४ विन्दुमा बन्द भएको नेप्से, विहीबार सोही सेसनमा २.०७ अंक घटेर २६३३.८७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३१ अंक घटेको छ।
यस्तै आज प्रि ओपन सेसनमा ४८ स्टकको ९८ पटकको कारोबारमा २ करोड ४६ लाख ८५ हजार ८३९ रुपैयाँ ५० पैसाबराबरको ४३ हजार ६१४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।










फेसबुकबाट तपाईको प्रतिक्रिया