२०८२ फाल्गुन ६ | Feb 18, 2026

फागुन २१ मा तय भएको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ९
|
765 views

ललितपुर। निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि साँढे ७ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । प्रतिनिधिसभा सदस्यका २१ फागुनमा तोकिएको उक्त निर्वाचनका लागि यति ठूलो रहकम खर्च हुने आयोगले अनुमान गरेको हो ।

आयोगले गरेको प्रारम्भिक अनुमान अनुसार आसन्न चुनावको लागि बजेट तयार गर्नुपर्ने देखिएको छ । यतिबेला आयोगले प्रारम्भिक अनुमानसहितको बजेटको जोहो समेत गरिसकेको । बजेट तयारीको अन्तिम टुंगो लगाएपछि निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ ।

आसन्न निर्वाचनका लागि आयोगले हिमाली क्षेत्रमा हेलिकप्टरको प्रबन्ध गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया