२०८२ फाल्गुन ६ | Feb 18, 2026

फार्मेसीबाट ट्रामाडोल (लागूऔषध) विक्री गरेपछि सञ्चालक पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २
|
816 views

ललितपुर । इटहरी उप–महानगरपालिका–१२ को एक औषधी पसलबाट ट्रामाडोल नामक लागूऔषध फेला परेको छ । प्रहरीले पाएको गोप्य सूचनाका आधारमा नसिव फार्मेसी सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । नसिव नारायण चौधरी र उनकी श्रीमति सम्झना चौधरी पक्राउ परेका हुन् ।

फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा लागु औषध जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा उनको श्रीमतिले सिमेन्टको २ वोरा घरको छत माथीबाट फाल्दै गरेको अवस्थामा देखि फालिएको बोराहरु चेकजाँच गर्दा उक्त बोरा भित्र लागुऔषध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रामाडोल १ हजार ९८० पत्तामा १९ हजार ८०० क्याप्सुल र कोठाको टेवलबाट प्रतिवन्धित औषधी ४०० पत्तामा ४ हजार ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया