|
|
२०८२ पुष १५
3k views
ललितपुर । बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधन भएको छ । मंगलबार विहान ६ बजेको समयमा उनको ८० वर्षको उमेरमा निधन भएको हो । उनी केही महिनादेखि अस्वस्थ थिइन् ।
उनको निधनको पुष्टि बंगलादेशको नेशनलिस्ट पार्टीले सामाजिक सञ्जालमार्फत् गरेको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे, बिहानी नमाजको केही समयपछि निधन भयो ।’
चार दशकभन्दा लामो समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय खालिदाले आफ्ना पतिको मृत्युपछि बीएनपीको नेतृत्व आफ्नो हातमा लिएकी थिइन् ।
पाँच दिनअघि मात्र उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया