२०८२ श्रावण १४

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।श्रेष्ठ र गुरुङलाई क्रमशः सहकारी र युवा खेलकुद मन्त्रालयको जिम्मा दिने तयारी छ । उनीहरूलाई आजै ११ बजेसम्म शपथ दिलाउने छ ।
यसैबीच नेपाली कांग्रेसले आज बागमती प्रदेशमा संसदीय दलको नेता चयन गर्दैछ ।
मुख्यमन्त्री समेत रहेका लामालाई अविश्वासको प्रस्ताव मार्फत हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएको हो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया