ललितपुर । तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ । आज लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानले एकसाता अगाडि रु ३०० प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज रु ७०० मा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई रु एक हजारसम्ममा बिक्री गरेका छन् ।
खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको रु ८०० मा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको रु एक हजार ३०० मा आज बिक्री भएको छ । भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको हो ।
एक साता अगाडि किसानले घरघमा आएका व्यापारीलाई रु २५ देखि रु ३० मा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै रु ४० देखि रु। ४५ मा बिक्री गरेकाले व्यापारीले रु १०० सम्ममा बिक्री गरेका छन् । दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको हो ।
गुण्डुकी पुष्प व्यवसायी गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढी रहेको बताउँदै यहाँको फूल किसानबाटै किलोको रु ४०० देखि ५०० सम्ममा बिक्री भएको बबताउछन् । बिचौलियाले फूल र माला बजार पु¥याउँदा उपभाक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उहाँको भनाइ छ ।













फेसबुकबाट तपाईको प्रतिक्रिया