२०८२ आश्विन १६ | Oct 02, 2025

भदौ मसान्तसम्म लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड रुपैयाँ कम राजस्व संकलन

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १
|
714 views

ललितपुर । चालु आर्थिक वर्ष ०८२/८३ को भदौसम्म दुई खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा एक खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।


अर्थ मन्त्रालयका अनुसार, भदौ मसान्तसम्म लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड रुपैयाँ कम राजस्व उठेको हो ।

भदौ महिनामा मात्र ९४ अर्ब आठ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएकोमा ७३ अर्ब ६१ करोड रुपैयाँ मात्र संकलन भएको छ ।
चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया