२०८२ फाल्गुन ६ | Feb 18, 2026

भदौ २४ को आगजनीपछि बन्द रहेको सवारी लाइसेन्स नवीकरण र नयाँ आवेदनको काम छठपछि सुचारु हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३०
|
1.6k views

ललितपुर । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन छठपछि पुनः सुचारु गर्ने जानकारी दिएको छ । गत भदौ २४ गतेको आगजनी पश्चात हालसम्म लाइसेन्स नवीकरण र नयाँ आवेदनका काम ठप्प छ ।

भदौं २३ को जेनजी आन्दोलन र २४ गतको आगजनी तथा तोडफोडका कारण यातायात व्यवस्था विभागमा लाइसेन्स छाप्ने मेसिन तथा अन्य उपकरणमा क्षति भएपछि विभागले हालसम्म सम्पूर्ण सेवा बन्द हुन पुगेको छ ।

आगजनी भएका मेसिनको मर्मत र नयाँ मेसिनको प्रवन्ध गर्न समय लागेकाले अब छठपर्व पछि नियमित सेवा सुचारु गर्ने गरी विभाग सम्पूर्ण तयारी गरिरहेको छ ।

तर आवश्यक उपकरण र कार्यालय व्यवस्थापन नभएसम्म लाइसेन्स छपाइ कार्य भने तत्काल गर्न नसकिने विभागका महानिर्देशक राजीव पोखरेलको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया