ललितपुर। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्न बनेको बताएकी छन् । उनले जेनजी आन्दोलको विषयम परिस्थितिमा बनेको वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले मंगलबार भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यो सरकार भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि तयार भएको र यसका बाबुजुत जस्तासुकै धम्की आए पनि नडराउने बताइन् ।
उनले भनिन्, ‘यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार हो । सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ ।’ त्यसका लागि राज्य संयन्त्र क्रियाशील रहेको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन, यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन् ।’
जेनजी आन्दोलनको जगबा बनेको बर्वमान सरकार आफैमा बलियो भएको र भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्दा कही कतैबाट धम्की आए पनि नडराउने स्पष्ट पारिन् । ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ,’ उनले भनिन् ।
भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्न सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई अलिकति विचलित नभई निर्धक्कसँग आफ्नो व्यक्तिगत तथा व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गरेकी छन् ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया